नेविसंघ बालुवाटार घेर्न हिँड्यो

नेविसंघ बालुवाटार घेर्न हिँड्यो

नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेर्न लागेको छ । बिहान १० बजेदेखि बालुवाटार घेराउको निम्ति संघका नेता तथा कार्यकर्ता त्यसतर्फ जान थालेको बताइएको छ । 

संघले सबै विश्वविद्यालयको इन्जिनियरिङ शिक्षाको मापदण्डमा एकरुपता कायम गर्नुपर्ने, हालै वृद्धि गरिएको १४४ प्रतिशतको चर्को शुल्क फिर्ता लिनुपर्ने माग अघि सारेको छ ।   त्यसैगरी त्रिभुवन विश्वविद्यालय र इञ्जिनियरिङ अध्ययन संस्थानलाई सेन्टर अफ एक्सिलेन्सको रूपमा स्थापित गरी अनुदान बढाउनुपर्ने र विद्यार्थीको विदेश पलायनलाई राष्ट्रिय संकट घोषणा गर्नुपर्नेलगायत माग पनि राखिएको छ ।

ती माग पूराको आग्रह गर्दै आज बिहान १० बजे प्रधानमन्त्री निवास, बालुवाटार घेर्न लागिएको हो ।

टिप्पणीहरू