प्रधानमन्त्री प्रचण्ड आइटी फोरमको बैठकमा

प्रधानमन्त्री प्रचण्ड आइटी फोरमको बैठकमा

नेकपा माओवादी केन्द्रको कान्छो जनसंगठन आईटी फोरमको पहिलो बैठक बसेको छ । 

अन्तरपार्टी सम्पर्क, समन्वय, प्रचार प्रसार, पार्टीको डिजिटलाइजेसन लगायत सूचना प्रविधि एवम् सञ्चारसम्बन्धी कार्यका लागि गठन भएको फोरमको प्रथम बैठक पार्टी मुख्यालय पेरिसडाँडामा अहिले बसिरहेको छ । बैठकलाई प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताहरुले सम्बोधन गर्ने जनाइएको छ । 

प्रधानमन्त्री प्रचण्डको प्रमुख आतिथ्यतामा बसेको बैठकमा उपाध्यक्ष एवं प्रबक्ता अग्निप्रसाद सापकोटा, उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरूङ, उपमहासचिव गिरिराजमणी पोखरेल, सूचना तथा संञ्चार मन्त्री तथा नेतृ रेखा शर्मा, सचिव डिलाराम आचार्य, हितमान शाक्यलगायतका नेताहरु सहभागी छन् । 

आइटी क्षेत्मा काम गर्ने झन्डै पाँच दर्जन माओवादी नेता, कार्यकर्ता बैठकमा सहभागी रहेको बताइएको छ । 

माओवादी केन्द्रको हालै सम्पन्न केन्द्रीय समिति बैठकले पार्टीका गतिविधिलाई व्यवस्थित हिसाबले डिजीटलाइजेसन गर्न आइटी फोरम गठन गर्ने निर्णय गरेको थियो ।

टिप्पणीहरू