अर्थमन्त्री क्यानाडाबाट नयाँ दिल्ली हुँदै स्वदेश फिर्ता

अर्थमन्त्री क्यानाडाबाट नयाँ दिल्ली हुँदै स्वदेश फिर्ता

अर्थमन्त्री डा.प्रकाशशरण महत स्वदेश फर्कनुभएको छ । उहाँसहितको टोली क्यानाडाबाट नयाँ दिल्ली हुँदै एअर इण्डियाको उडान नम्बर एआई २११ मा राति साढे ८ बजे काठमाडौं आइपुगेको हो ।

मन्त्री महत नेतृत्वको टोली ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) को सातौं सभामा भाग लिएर फर्केको हो । टोलीमा अर्थमन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख उत्तरकुमार खत्री र अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल,वन तथा वातावरण मन्त्रालयका उपसचिव ज्ञानेन्द्रकुमार मिश्र र उपसचिव तथा अर्थमन्त्रीका निजी सचिव युगराज पाण्डे छन् ।
 

टिप्पणीहरू