संसदमा प्रधानमन्त्री र सांसदहरुबीच सवालजवाफ

संसदमा प्रधानमन्त्री र सांसदहरुबीच सवालजवाफ

प्रतिनिधि सभाको आज बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सांसदहरुबीच प्रश्नोत्तर कार्यक्रम राखिएको छ । 

संसद सचिवालयले जारी गरेको आजको प्रतिनिधि सभा बैठकको कार्यसूचीमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम राखिएको छ । 

प्रधानमन्त्रीसँग सोधनीको निम्ति सांसदहरुले एक दर्जन प्रश्न संसद सचिवालयमा दर्ता गराइसकेका छन् ।

यसअघि जेठ ४ गते पनि प्रधानमन्त्री प्रश्नोत्तर कार्यक्रममा सहभागी हुनुभएको थियो ।

टिप्पणीहरू