पाकिस्तानलाई जित्न नेपाललाई ३ सय ४३ रनको लक्ष्य

पाकिस्तानलाई जित्न नेपाललाई ३ सय ४३ रनको लक्ष्य

एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत पाकिस्तानविरुद्धको खेलमा नेपालले ३ सय ४३ रनको विशाल लक्ष्य पाएको छ । 

टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले पूरै ओभर खेल्दै ६ विकेट गुमाएर ३ सय ४२ रन बनाएको छ । कप्तान बाबर अजाम र इफ्तिखार अहमदले शतक बनाएपछि पाकिस्तानले विशाल लक्ष्य खडा गरेको हो । बाबरले ले १ सय ५१ रनको शानदार पारि खेले भने इफ्तिखार १०९ रनमा अविजित रहे ।

 त्यस्तै, मोहमद रिजवान ४४ रनमा रनआउट भए । अन्य ब्याटरले भने ठूलो स्कोर बनाउन सकेनन् । 

नेपालका लागि सोमपाल कामीले दुई विकेट लिए । सन्दीप लामिछाने र करण केसीले समान एक-एक विकेट हात पारे । पाकिस्तानका दुई ब्याटर रन आउट भए । 

विश्व बरियताको शीर्ष स्थानमा रहेको पाकिस्तानविरुद्ध नेपालले उत्कृष्ट सुरुवात गरेको थियो । १२४ रनमै चार विकेट गुमाएको अवस्थामा बाबर र इफ्तिखारले उत्कृष्ट प्रदर्शन गरेका थिए । अन्तिम १० ओभरमा नेपाली बलरमाथि पाकिस्तानका ब्याटर पूरै हावी भए । 

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

टिप्पणीहरू