काठमाडौंका मेयरद्वारा ‘नैतिकता’ को कारण देखाउँदै चीन भ्रमण रद्ध

काठमाडौंका मेयरद्वारा ‘नैतिकता’ को कारण देखाउँदै चीन भ्रमण रद्ध
सुन्नुहोस्

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ ले आफ्नो चीन भ्रमण रद्ध गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले चीनको निम्तोमा गर्न लागिएको पाँच दिने भ्रमणमा नजाने निर्णय गरेको बताएका छन् । 

नेपालले २०७७ जेठ ७ गते लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर नयाँ चुच्चे नक्सा सार्वजनिक गरेको थियो । तर, केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले जारी गरेको चीनको नक्सामा उक्त चुच्चोलाई बुच्चो बनाइएको भन्दै मेयरले नैतिकताको आधारमा चीन भ्रमणमा नजाने निर्णय गरेको बताएका छन् । 

उनले लेखेका छन्, ‘नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौं । त्यसैले मेरो चीनको निमन्त्रणामा हुँदै गरेको पाँच दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।’

टिप्पणीहरू