भ्रष्टाचारविरुद्ध राष्ट्रिय सहमतिको सरकारमा जोड

भ्रष्टाचारविरुद्ध राष्ट्रिय सहमतिको सरकारमा जोड
सुन्नुहोस्

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भ्रष्टाचार अन्त्यका लागि राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताउनुभएको छ । 

नेपाल पर्वतारोहण संघको ३३औँ केन्द्रीय वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले देशको साझा सत्रुको रुपमा रहेको भष्ट्राचारविरुद्ध सबै राष्ट्रिय शक्ति एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । त्यसका लागि राष्ट्रिय सहमतिको सरकार बनाएर अघि बढ्नुपर्ने मन्त्री किराँतीको भनाई छ । 

भ्रष्टाचारविरुद्ध अभियान चलाइरहेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई नै राष्ट्रिय सहमतिको सरकार बनाउन सकिने उहाँको सुझाव छ ।

टिप्पणीहरू