प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वान

प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वान
सुन्नुहोस्

सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश बिनोद शर्माविरुद्ध उजुरी आह्वान भएको छ । आज बसेको संसदीय सुनुवाइ विशेष समितिको बैठकले १० दिनको म्याद राखेर उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।

प्रस्तावित न्यायाधीश शर्माको संसदीय सुनुवाई प्रक्रिया अघि बढाउनेबारे छलफल गर्न आज बिहान समितिको बैठक बसेको थियो । सिंहदरबारस्थित संसद सचिवालयमा रहेको कानुन न्याय तथा मानव अधिकार समितिको सभाहलमा जेष्ठ सदस्य पशुपति शमशेर जबराकाे सभापतित्वमा बसेको बैठकमा सांसद रमेश लेखकलगायतका सदस्यहरुको उपस्थिति थियो । 

भदौ १० गते बसेको न्यायपरिषद् बैठकबाट न्यायाधीशमा सिफारिस भएका शर्माको नाम सुनुवाई समितिले अनुमोदन गरेमात्र उनको नियुक्ति प्रक्रिया अघि बढ्ने छ ।

टिप्पणीहरू