संक्रमणकालीन न्यायमाथिको प्रश्न संसदीय समितिबाट हल हुने प्रधानमन्त्रीको दाबी

संक्रमणकालीन न्यायमाथिको प्रश्न संसदीय समितिबाट हल हुने प्रधानमन्त्रीको दाबी
सुन्नुहोस्

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सङ्क्रमणकालीन न्यायबारे उठेका कतिपय सवाल संसदीय समितिका कतिपय छलफल र निर्णयबाट समाधान हुने बताउनुभएको छ । उहाँले राजधानीमा आयोजित संक्रमणकालीन न्यायबारे राजधानीमा आयोजित कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उक्त धारणा राख्नुभएको हो ।

उक्त कानुन सम्बन्धी विधेयक हाल संसदीय समितिमा विचाराधीन छ । पछिल्लो समय थप गरिएका केही विषयले पीडितको अधिकारलाई स्थापित गर्न खोजेको र मुलुकलाई दिगो शान्तितर्फ लैजान खोजिएको उहाँको भनाई छ । उहाँको तर्क छ, ‘विगतको जनयुद्धका कारण आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्राप्त भएको छ ।’

यसअघि संसदमा पेश भएको उक्त विधेयक पारित हुन नसकेपछि वर्तमान सरकारले नयाँ संसद प्रारम्भ पश्चात् केही सुधारसहित विधेयक दर्ता गरिएको हो । यो संसदीय समितिमा छलफलकै क्रममा छ ।

टिप्पणीहरू