कागबेनीमा गृहमन्त्रीको भाषण - भ्रष्टाचार नियन्त्रण गर्न माओवादी बलियो हुनुपर्छ !

कागबेनीमा गृहमन्त्रीको भाषण - भ्रष्टाचार नियन्त्रण गर्न माओवादी बलियो हुनुपर्छ !
सुन्नुहोस्

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुस्ताङस्थित वारागुङ मुक्तिक्षेत्र गाउँपालिका(कागबेनी)मा बाढीबाट भएको क्षतिको स्थलगत अवलोकन गर्नुभएको छ ।

आज बिहान नेपाली सेनाको हेलिकप्टर लिएर त्यहाँ पुग्नुभएका गृहमन्त्रीले बाढीले पुर्याएको क्षति र उद्दार कार्यको नजिकबाट हेर्नुभएको हो । अवलोकनपछि प्रभावितसहित जनप्रतिनिधि र स्थानीय प्रशासनलाई संक्षिप्त सम्बोधन गर्दै उहाँलेले तत्कालीन प्राथमिक आवश्यकलाई समाधान गर्दै प्राविधिक र योजनाविद् अध्ययनमा आधारित निष्कर्ष निकालेर कागबेनीको पुनर्निर्माण गर्नुका साथै योजनावद्ध व्यवस्थित बस्ती बसाइने प्रतिवद्धता जनाउनुभयो । 

त्यसक्रममा गृहमन्त्री श्रेष्ठले खानेपानी, गुणस्तरीय खाद्यवस्तु र बसोबासमा कुनै कमजोरी हुन नदिनसमेत स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको थियो । तयसअघि जनप्रतिनिधि र स्थानीयले तीनै तहका सरकार र अन्य संघसंस्थामार्फत सामान्य राहत पुगेपनि त्यो पर्याप्त, व्यवस्थित र एकद्वार प्रणालीबाट हुन नसकेको गुनासो गरेका थिए । 

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठले पार्टीका स्थानीय नेता-कार्यकर्तासँग समेत मुस्ताङमा संक्षिप्त भेटघाट गर्नुभएको छ । तीनमहिने 'जनतासँग माओवादी' अभियानले पार्टीमा उत्साह पैदा गरेको र सरकारले सुशासनका पक्षमा थालेका कामले जनतालाई आशावादी बनाएको उहाँको भनाइ थियो । 

 भ्रष्टाचार र अपराधका शृङ्खला नियन्त्रण गर्दै सामाजिक न्याय आधारित गुणात्मक आर्थिक विकासको ध्येय पूरा गर्न माओवादी केन्द्र नै बलियो हुनुको विकल्प नभएकाले जनतासँगको सम्बन्ध बलियो हुनसक्दा मात्रै पार्टी बलियो हुने कुरालाई गहिरोसँग आत्मसात गर्न नेता-कार्यकर्तालाई उहाँले आह्वान पनि गर्नुभयो । 

अविरल वर्षासँगै साउन २८ गते स्थानीय कागखोलाको बाढीले घर, कृषि उपज, सार्वजनिक एवम् व्यापारीक संरचना, होटल, पुल, विद्यालय, प्रहरी चौकी, पशुपंक्षी, सवारीसाधन, गुम्बा, कागबेनी श्राद्दस्थल, खानेपानी, सिंचाइ र नगद तथा अन्य भौतिक वस्तुसहित अर्बौंको क्षति पुर्याएको छ ।  समयमै बाढीको सूचना पाएपछि यहाँ कुनै मानवीय क्षति भने भएन ।

टिप्पणीहरू