आन्दोलनबारे राप्रपा नेताहरुको पार्टी कार्यालयमा सल्लाह

आन्दोलनबारे राप्रपा नेताहरुको पार्टी कार्यालयमा सल्लाह
सुन्नुहोस्

राजतन्त्र फर्काउने आन्दोलनअन्तर्गत आगामी २७ गते काठमाडौंमा विरोध जुलुस निकाल्न लागेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) त्यसको तयारीमा जुटेको छ । आज राप्रपाका नेताहरुले बैठकमा आन्दोलनको तयारीबारे छलफल गरेका हुन् । 

विरोध कार्यक्रमलाई व्यापक र व्यवस्थित बनाउन राप्रपाले उपाध्यक्ष बुद्धिमान तामाङको अध्यक्षतामा ’उपत्यकाव्यापी बृहत् विरोधसभा मूल आयोजक समिति’ गठन गरेको छ । सो समितिमा उपाध्यक्ष रविन्द्र मिश्र, प्रवक्ता ज्ञानेन्द्र शाही, बाग्मती प्रदेश अध्यक्ष विक्रमबहादुर थापा, काठमाडौँका अध्यक्ष नवराज सिंखडासहित १३ वटै जिल्लाका अध्यक्ष सदस्य छन् । 

धुम्बाराहीस्थित पार्टी मुख्यालयमा आज दिउँसो बसेको समिति बैठकले विरोध कार्यक्रमलाई सशक्त बनाउन आवश्यक तयारीका काम गर्ने निर्णय गरेको बताइएको छ । 

राप्रपाले हिन्दुत्वको रक्षा, हिन्दुराष्ट्र, राजसंस्थाको पुनस्र्थापना, संघीयताको खारेजी र विभिन्न भ्रष्टाचार काण्डको छानबिनको माग गर्दै विरोधसभा गर्ने निर्णय अस्ति गरेको थियो । बेरोजÞगारी, मूल्यवृद्धि जस्ता विषयमा गम्भीर बन्न सरकारलाई दबाब दिने उद्देश्यले जुलुससहित  सभा गर्न लागिएको राप्रपाका नेताहरुले बताएका छन् ।

टिप्पणीहरू