माओवादीले गायत्री मन्त्र छाडी ओम्नी र यति जप्न थालेको अध्यक्ष केपी ओलीको ठहर

माओवादीले गायत्री मन्त्र छाडी ओम्नी र यति जप्न थालेको अध्यक्ष केपी ओलीको ठहर
सुन्नुहोस्

एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुले गायत्री मन्त्रको रुपमा अरु नै विषय जप्न थालेको आरोप लगाउनुभएको छ । माओवादीले केही समयदेखि ओम्नी,यति, भाटभटेनी, मीनबहादुरलगायत विषयमा उल्टो जप गरेको उहाँको दाबी छ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आज आयोजित एमाले निकट केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागको आयोजनामा ‘समृद्ध नेपाल सुखी नेपाली हाम्रो पहिचान, समुन्नत नेपाल निर्माणको लागि अनुशासित सहकारी अभियान’ नारासहित सहकारीकर्मीहरुको कार्यक्रममा उक्त धारणा राख्नुभएको हो ।

‘गाउँबाट भारी बोकेर आएको गुरुङको छोराले कसरी गरी खायो ? यसलाई खान दिनु हुँदैन । तलबाट हात थाप्दै दलाल पुँजीपतिको बिल्ला भिराइएको छ । त्यसको बारेमा बोले झ्याप समातिहाल्छ भन्ने डर त्रास सिर्जना गरिएको छ ।’

उहाँले भन्नुभयो,‘अहिले माओवादीहरु गायन्त्री मन्त्र जप्दैनन् । ओम्नी ओम्नी,यती यती, भाटभटेनी भाटभटेनी, मीनबहादुर मीनबहादुर भन्न थालेका छन् ।’ माओवादीले मीनबहादुरविरुद्ध अनेक हर्कत गरेको उहाँको आशय थियो । ‘गाउँबाट भारी बोकेर आएको गुरुङको छोराले कसरी गरी खायो ? यसलाई खान दिनु हुँदैन । तलबाट हात थाप्दै दलाल पुँजीपतिको बिल्ला भिराइएको छ । त्यसको बारेमा बोले झ्याप समातिहाल्छ भन्ने डर त्रास सिर्जना गरिएको छ ।’

टिप्पणीहरू