नेपाललाई युक्रेन बनाउने षड्यन्त्रलाई परास्त गर्न समाजवादीहरुले मोर्चावन्दी गरेको विप्लवको दावी

नेपाललाई युक्रेन बनाउने षड्यन्त्रलाई परास्त गर्न समाजवादीहरुले मोर्चावन्दी गरेको विप्लवको दावी
सुन्नुहोस्

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपाललाई युक्रेन बनाउने खेल भैरहेको बताएका छन् । 

समाजवादी मोर्चा को कोशी प्रदेशस्तरीय सन्देश सभालाई आज दिउँसो विराटनगरमा सम्बोधन गर्दै उनले साम्राज्यवादीहरुले नेपाललाई युक्रेन बनाउन खोजेको आरोप लगाए ।

साम्रज्यवादी षड्यन्त्रलाई रोक्न समाजवादी मोर्चा गठन गरिएको विप्लवको भनाइ छ । देश जटिल अवस्थामा पुगेकाले समाजवादीहरु मोर्चामा एकतावद्ध भएको उनले दाबी गरे । 

‘जब मुलुक समस्यामा पर्छ, माओवादीहरू एक हुन्छन्, कम्युनिस्टहरू एक हुन्छन्’, विप्लवले भने, ‘समाजवादीहरू एक हुन्छन् । अहिले मुलुकको निकासका लागि हो ।’

टिप्पणीहरू