एमालेले सुवासको स्मृतिमा गोष्ठी गर्ने, सातै प्रदेशमा वक्ता तोकिए

एमालेले सुवासको स्मृतिमा गोष्ठी गर्ने, सातै प्रदेशमा वक्ता तोकिए
सुन्नुहोस्

नेकपा एमालेले स्वर्गीय नेता सुवासचन्द्र नेम्वाङको स्मृतिमा प्रदेशस्तरीय गोष्ठी गर्ने भएको छ । आज बसेको सो पार्टीको केन्द्रीय कार्यालयको बैठकले ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयक गोष्ठी आयोजना गर्ने निर्णय गरेको हो । 

असोज २ गते सातवटै प्रदेशमा आयोजना हुने गोष्ठीमा अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्षहरु प्रमुख वक्ताका रुपमा रहने छन् । गोष्ठीमा अन्य दलका नेताहरूलाई अतिथिका रूपमा आमन्त्रण गरिने एमालेको निर्णय छ ।  

जसअनुसार बाग्मती प्रदेशको गोष्ठी पार्टी मुख्यालय च्यासलमा आयोजना गरिनेछ । वाग्मतीको प्रमुख वक्तामा अध्यक्ष ओली तोकिनुभएको छ । बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मधेश प्रदेशको गोष्ठीलाई सम्बोधन गर्ने बताइएको छ ।

त्यस्तै, रामबहादुर थापा बादल कोशीको प्रमुख वक्ता तोकिएका छन् । लुम्बिनी प्रदेशको गोष्ठीलाई उपाध्यक्ष युवराज ज्ञवालीले नेतृत्व गर्नेछन् ।

गण्डकीमा अष्टलक्ष्मी शाक्य, सुदूरपश्चिममा विष्णुप्रसाद पौडेल र कर्णालीमा सुरेन्द्र पाण्डे प्रमुख वक्ता रहने छन् ।

टिप्पणीहरू