एसियाली खेलकुदको क्रिकेट टोली छानियो

एसियाली खेलकुदको क्रिकेट टोली छानियो
सुन्नुहोस्

नेपाल क्रिकेट संघ (क्यान) ले चीनको हाङ्चौमा हुने १९ औं एसियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाउने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । क्यानले आज १५ सदस्यीय टोलीको नाम सार्वजनिक गरेको छ । 

टोलीमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल छन् । त्यस्तै, करण केसी, प्रतिश जिसी, आशिफ शेख, कुशल मल्ल, गुल्शन झा, सोमपाल कामी, सुन्दिप जोरा, विनोद भण्डारी, कुशल भुर्तेल, दिर्पेन्द्र सिंह ऐरी, ललित राजवंशी, विवेककुमार यादव, अभिनाश बोहोरा, सन्दिप लामिछाने टोलीमा परेका छन् । 

१९ औं एसियाली खेलकुद आगामी असोज ६ गतेदेखि २१ गतेसम्म हाङचौं शहरमा हुँदैछ । प्रतियोगिताको तयारी अन्तिममा पुगिसकेको आयोजक राष्ट्र चीनले दिइसकेको छ ।

टिप्पणीहरू