माओवादी समर्थक कर्मचारीहरुको नेतृत्व अब अम्बादत्तले गर्ने
सत्तारुढ नेकपा माओवादी केन्द्रको पेशागत संगठन नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतिको अध्यक्षमा अम्बादत्त भट्ट चयन भएका छन् ।
आज काठमाडौंमा बसेको संगठनको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले भट्टलाई अध्यक्ष चयन गरेको हो । गत चैतमा सम्पन्न संगठनको महाधिवेशनबाट हरिबहादुर रावल अध्यक्ष र भट्ट वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत दोहोरिएका थिए ।
महाधिवेशनकै बेला पाँच महिनासम्म रावलले संगठन चलाउने र त्यसपछि नेतृत्व भट्टलाई हस्तान्तरण गर्ने समझदारी भएको थियो । सोही सहमतिअनुसार आज रावलले भट्टलाई नेतृत्व हस्तान्तरण गरेका हुन् ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा कार्यरत भट्ट बैतडीका हुन् । संगठनमा दुई कार्यकाल अध्यक्ष र पाँच महिना वरिष्ठ उपाध्यक्षको जिम्मेवारी पूरा गरिसकेका छन् । संगठनको विधान मस्यौदा समितिमा संयोजक भएर काम गरेको अनुभव पनि उनीसँग रहेको जानकारी दिइएको छ ।
टिप्पणीहरू