प्रधानमन्त्री नपुग्दै उहाँको पुस्तक चीनमा छ्याप्छ्याप्ती

प्रधानमन्त्री नपुग्दै उहाँको पुस्तक चीनमा छ्याप्छ्याप्ती
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी साता चीन भ्रमण गर्दै हुनुहुन्छ । उहाँ आज साँझ अमेरिका गएर असोज ४ गते सोझै चीन जाने कार्यक्रम छ । 

असोज ५ गतेदेखि १३ गतेसम्म हुन लागेको औपचारिक भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले चिनियाँ समाचार समिति सिन्ह्वालाई अन्तरवार्ता दिनुभएको छ । हिजो सरकारी निवास बालुवाटारमा सिन्ह्वा ब्युरो चिफ यि आइजुनले अन्तरवार्ता लिएका हुन् ।

प्रधानमन्त्री चीन पुग्ने अघिल्लो दिन आगामी बुधबार राजधानी बेइजिङमा उहाँका मन्तब्यहरु संकलित पुस्तक चिनियाँ भाषामा अनुवाद गरेर औपचारिक रुपमा सार्वजनिक गर्ने कार्यक्रम छ । ‘नेपालका प्रधानमन्त्री आउँदा उहाँको पुस्तक चीनका अधिकांश शहर र पुस्तक पसलमा पुर्याइनेछ,’ अनुवादमा संलग्न टोलीका एक जना सदस्यलाई उद्धृत गर्दै बालुवाटार स्रोतले जानकारी दिएको छ ।

टिप्पणीहरू