पृथ्वीराजमार्गको नौविसे–मलेखु खण्ड राती बन्द हुने

पृथ्वीराजमार्गको नौविसे–मलेखु खण्ड राती बन्द हुने स्तरोन्नति हुँदै गरेको पृथ्वी राजमार्ग । यो राजमार्गको नौबिसे–मलेखु खण्ड असोज चार गतेदेखि राती ११ बजेबाट ३ बजेसम्म बन्द हुने भएको छ ।

धादिङ– पृथ्वी राजमार्ग अन्तर्गत धादिङको नौबिसे–मलेखु सडकखण्ड असोज ४ गतेदेखि रातीमा बन्द हुने भएको छ । सिम्लेदेखि मलेखु सडकखण्ड चौडा बनाउन पहरा कटान गर्नु पर्ने भएका कारण रातिमा सो खण्डमा सवारी आवागमन बन्द गर्न लागेको हो ।

असोज ४ गतेदेखि २० गतेसम्म राती ११ बजेदेखि ३ बजेसम्म चार घण्टा खयरघारी र पोखरेखोला नजिक सवारी आवागमन रोकेर काम गर्न लागेको धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए ।  

सोमबार बसेको सरोकारवालाहरुको बैठकले निर्णयअनुसार रातिको समयमा एम्वुलेन्स र सुरक्षाकर्मिको सवारी वाहेक अन्य सवारी साधन पूर्णरुपमा वन्द गरिने छ । सवारी बन्द गरेर काम गर्दा यात्रुलाई समस्या हुने भएकाले दिउँसोमा यात्रा गर्न अनुरोध गरिएको छ ।

निर्माण कार्यस्थल नजिक हुने सक्ने संभावित सवारी चापलाई मध्यनजर गरी राजमार्गका उपयुक्त स्थानमा सवारी साधन रोकी व्यवस्थापन गर्न पनि अनुरोध गरिने प्रमुख जिल्ला अधिकारी गैह्रेले जानकारी दिए ।

सम्बन्धित आयोजनाको तर्फबाट सबै पक्षलाई सूचित गर्न राष्ट्रिय दैनिक तथा अन्य संचार माध्यमबाट सूचना प्रवाह गर्न र छिमेकी जिल्लाहरुसँग पनि समन्वय गरी यात्रुले दुःख नपाउने गरी काम गर्न निर्देशन दिइएको छ ।

टिप्पणीहरू