व्यापार घाटा अन्त्य गर्न १३ खर्बको बिजुली निर्यात आवश्यक : गभर्नर अधिकारी

व्यापार घाटा अन्त्य गर्न १३ खर्बको बिजुली निर्यात आवश्यक : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालबाट कम्तीमा वार्षिक १३ खर्ब रुपैयाँको बिजुली निर्यात गरेको अवस्थामा मात्रै व्यापार घाटा अन्त्य हुने बताएका छन् । 

गभर्नरले बैंकहरुले विद्युत आयोजनामध्ये कुल लगानीको २० प्रतिशत लगानी ऊर्जा क्षेत्रमा गर्नुपर्ने व्यवस्थाका लागि अनुरोध गर्दै बैंकको केन्द्रीय कार्यालय, बालुवाटार पुगेकाहरुसँगको भेटमा उक्त जानकारी गराएका हुन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का पदाधिकारीको उक्त मागको जवाफ दिँदै अधिकारीले बैंकसँग लगानीको समस्या नरहेको, आगामी १० वर्षमा २० हजार मेगावाट बिजुली उत्पादन गरेको अवस्थामा अवस्था सहज हुने धारणा राखेका हुन् ।

गभर्नरलाई अनुरोध गर्न इप्पानका अध्यक्ष गणेश कार्कीसँगै आधा दर्जन बढी पदाधिकारीहरु बालुवाटार पुगेका थिए ।

टिप्पणीहरू