वडा समितिका लागि रास्वपाको अनलाइन चुनाव

वडा समितिका लागि रास्वपाको अनलाइन चुनाव
सुन्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचनमार्फत वडा समिति गठन गर्ने भएको छ । 

रास्वपाले एपमार्फत निर्वाचन गर्न लागेको हो । वडा समितिमा बस्न चाहनेले अनलाइनमार्फत उम्मेदवारी दिनसक्ने रास्वपाका सह–महामन्त्री एवं संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीले बताए । उनका अनुसार आजदेखि असोज २० गतेसम्म उम्मेदवारी दिने सकिनेछ । 

आफ्नो सदस्यता विवरणमा मतदाता परिचयपत्र अनिवार्य अपलोड गरी सदस्यता लिएकाले पार्टीको केन्द्रीय वेभसाइटमा गएर उम्मेदवारी दिने उनले जानकारी दिए । उम्मेदवारले पार्टीको एपमा ‘वडाको उम्मेदवार बन्नुहोस्’ भन्ने शीर्षकमा क्लीक गरी उम्मेदवारी शुल्कबापत एक सय रुपैयाँ तिर्नुपर्नेछ । 

असोज २१ गतेदेखि कात्तिक ९ गतेभित्र उम्मेदवारको नामावली प्रकाशन गरिसक्ने रास्वपाले जनाएको छ । कात्तिक १० गतेदेखि १६ गतेसम्म मतदानको कार्यक्रम तय भएको छ । कात्तिक २० गते निर्वाचनको परिणाम सार्वजनिक गरिने जनाइएको छ । त्यस्तै, रास्वपाले आजदेखि वडा भेला स्थगित गरेको छ ।

टिप्पणीहरू