वैद्यका विद्यार्थी सिंहदरबार अगाडिबाट गिरफ्तार

वैद्यका विद्यार्थी सिंहदरबार अगाडिबाट गिरफ्तार
सुन्नुहोस्

मोहन वैद्य 'किरण' नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)का चारजना नेता पक्राउ परेका छन् । 

सिंहदरबार अगाडि संघीय शिक्षा विधेयक जनाउन पुगेका उनीहरुलाई प्रहरीले सोही स्थानबाट  गिरफ्तार गरेको हो । पक्राउ पर्नेहरुमा अखिल (क्रान्तिकारी) वाग्मती प्रदेश संयोजक उषाकिरण आजात, उपत्यका संयोजक हरि बिष्ट, केन्द्रीय सदस्य तथा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस संयोजक राजन साउद र केन्द्रीय सदस्य राहुल बिक छन् । 

उनीहरुलाई विधेयक जलाउने क्रममा प्रहरीले सिंहदरबारको मूल गेटबाट गिरफ्तार गरेको जनाइएको छ ।

टिप्पणीहरू