एमसीसीको विरोधमा विप्लवले लप्सीफेदीदेखि पाल्पासम्म मार्चपास गर्ने
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा मार्चपास गर्ने भएको छ ।
एमसीसी परियोजना कार्यान्वयन नगर्न लगातार आन्दोलन गर्दै आएको सो पार्टीले पर्सि बिहीबार मार्चपास गर्न लागेको हो । एमसीसी परियोजनाअन्तर्गत ट्रान्समिसन लाइन निर्माण हुने लप्सीफेदीदेखि काठमाडौँ हुँदै पाल्पासम्म मार्चपास गर्ने सो पार्टीले जनाएको छ ।
संसदबाट एमसीसी सम्झौता अनुमोदन हुँदा त्यसविरुद्ध आक्रमकरुपमा सडकमा उत्रिएको नेपाल कम्युनिष्ट पार्टीले अहिले कार्यान्वयन नगराउन पनि चरणवद्द आन्दोलन गरिरहेको छ ।
करिब ५० अर्ब रुपैयाँको अमेरिकी सहायता एमसिसी सम्झौताका कतिपय प्रावधान नेपालको सार्वभौमिकता, स्वतन्त्रता र तटस्थ परराष्ट्र नीति प्रतिकूल रहेको भन्दै विभिन्न राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवीलगायतले बिरोध गरिरहेका छन् ।
टिप्पणीहरू