दोहोरिएका अर्थसचिवद्वारा लड्ने–भिड्ने कुरा

दोहोरिएका अर्थसचिवद्वारा लड्ने–भिड्ने कुरा

अर्थसचिव डा. कृष्णहरि पुस्करले राज्यका सामुन्ने देखिएका आर्थिक  चुनौती समाधान गर्न लडेर–भिडेर भए पनि अघि बढ्ने बताएका छन् । अर्थ सचिवको जिम्मेवारी सम्हाल्ने क्रममा उनले उक्त धारणा राखेका हुन् । 

सचिवले भनेका छन्, ‘अर्थतन्त्रको विषम परिस्थितिसँगै उत्पन्न धेरै चुनौतीका अगाडि मलाई सरकारले अर्थ सचिवको जिम्मेवारी दिएको छ । यो कुरालाई संवेदनशीलताका साथ मनन गरेको छु ।’

मन्त्रालयमा कर्मचारीलाई निर्देशन दिँदै पुस्करले मुलुकको अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न सकिने धारणा राखेका हुन् ।मुलुकको अर्थतन्त्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चुनौतीहरु देखा परे पनि  समाधान गर्न सकिने उनको विश्वास छ । 

यतिखेर मुलुकको आर्थिक स्थायित्व कायम गर्ने अवस्था देखिएको उल्लेख गर्दै भने,‘राजस्व घाटा कम गर्ने र सार्वजनिक ऋणको व्यवस्थापनलगायत विषय चुनौतीपूर्ण छन् । पुँजीबजारका विषयमा पनि सबै मिलेर चुनौती व्यवस्थापन गर्नुपर्ने अवस्था छ ।’ 

पुस्करले यसअघि पनि अर्थ मन्त्रालयमा राजस्व सचिव र अर्थ सचिवका रुपमा काम गरेका थिए ।
 

टिप्पणीहरू