ताप्लेजुङ गोल्डकप २०८० को आम्दानी खर्च सार्वजनिक
कमल भट्टराई
ताप्लेजुङमा लाखेजात्राको अवसरमा फुङलिङको भानु मा.वि.मा खेलाइएको ताप्लेजुङ गोल्डकप २०८० भाद्र १४ गते देखि भाद्र २० गते सम्म जम्मा ८ टीम बीच खेलाइएको थियो ।
यस खेलका लागि टिकट विक्रिबाट १८ लाख ७६ हजार ६ सय र अन्य क्षेत्रबाट आर्थिक सहयोग गरी जम्मा ७३ लाख २४ हजार ७ सय ८५ रुपैयाँ आम्दानी भएको यस मध्ये ४९ लाख ८७ हजार १ सय ३७ रुपैयाँ खर्च भएर बचत जम्मा २३ लाख ३७ हजार ६ सय ४८ भएको जनाएको छ ।
बचत रहेको रकम लक्ष्मी सनराईज बैंकको खातामा रु ८ लाख ५८ हजार ६ सय ४८ रहेको र बाँकी रकम सम्झौता भएको र लिन बाँकी रहेको, रकम लिनको लागि आवश्यक प्रकृया भइरहेको जनाएको छ ।
यस पटक भएको ताप्लेजुङ गोल्डकप २०८० को आय व्यय फुङलिङ बजारको खुलाचोक विरेन्द्र चोकमा गरियो, कार्यक्रम सम्पन्न भएको १५ दिन भित्र आय व्यय सार्वजनिक गर्नु र बचत रकम स्पष्ट रुपमा देखाउनुले यस वर्षको आयोजक समिति स्यावासीको पात्र बनेको स्थानीयहरुको भनाई रहेको छ । यस सार्वजनिक सुनुवाईले आगामी दिनमा दाताको मन अझ पग्लने समेत केही स्थानीयको भनाई रहेको छ ।
टिप्पणीहरू