नेपालका नयाँ पार्टीलाई अमेरिकामा तालिम !

नेपालका नयाँ पार्टीलाई अमेरिकामा तालिम !

जनमत पार्टीका अध्यक्ष तथा सांसद सिके राउत अमेरिका पुगेका छन् । उनीसँगै राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तथा सांसद सोविता गौतम र नेपाली काँग्रेसकी सांसद तथा केन्द्रीय सदस्य रुपा बिक पनि गत साता अमेरिका गएका छन् ।

उनीहरुलाई नयाँ पार्टी सञ्चालनबारे त्यहाँको एउटा संस्थाले तालिम दिएको बताइएको छ । जनमत र राष्ट्रिय स्वतन्त्र पार्टी नेपाली राजनीतिमा नयाँ दल हुन् ।

 तालिम सकिएपछि अमेरिकामा रहेका नेपालीहरुसँग भेटघाट गर्दै राउतले आफू आगामी बिहीबार स्वदेश फर्कने जानकारी दिएका छन् ।

टिप्पणीहरू