विद्यालय शिक्षा विधेयकमा ७० वटा संशोधन आवश्यक रहेको सत्तापक्षीय सांसदको ठहर

विद्यालय शिक्षा विधेयकमा ७० वटा संशोधन आवश्यक रहेको सत्तापक्षीय सांसदको ठहर

सत्तारुढ दल नेपाली कांग्रेस महामन्त्री तथा प्रतिनिधिसभा सांसद गगन थापाले संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा धेरै त्रुटि रहेको बताएका छन् । 

आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त विधेयकमा आफूले ७० भन्दा बढी संशोधन हाल्नुपर्ने ठाउँ देखेको बताए । देशभरका शिक्षकहरु विधेयकविरुद्ध काठमाडौं आएर प्रदर्शन गरिरहेका बेला सत्तापक्षका सांसदको यस्तो टिप्पणी आएको हो । 

सांसद थापाले दीर्घकालीन रुपमा सोचेर कानुन बनाउनुपर्ने भन्दै संसदबाट सच्याएर उक्त विधेयक पारित गर्नुपर्नेमा जोड दिए । साथै उनले तत्काल शिक्षकहरुको माग सम्बोधन गरेर पठनपाठनको अवस्था सृजना गर्न सरकारसँग मागसमेत राखेका छन् ।

टिप्पणीहरू