बाग्मतीमा रामेछाप र मकवानपुरका एमाले हस्ती भिड्दै
लुम्बिनीपछि एमालेको बागमती प्रदेश अधिवेशन भोलि र पर्सि हुन लागेको छ जसमा एक हजार जना प्रतिनिधि सहभागी हुने बताइएको छ ।
प्रदेश कमिटीको अध्यक्षमा रामेछापका कैलाश ढुंगेल र मकवानपुरका कृष्णप्रसाद दाहाल भिड्ने निश्चित झैँ भएको छ । अर्का प्रत्यासी नुवाकोटका केशव पाण्डेलाई भने स्वयम् पार्टी अध्यक्षले नउठ्न सल्लाह दिएपछि उनले दाबी छाडेको एमालेजनको बुझाई छ ।
‘सर्वसम्मतिको सम्भावना देखिँदैन । आकांक्षी धेरै भएकाले लुम्बिनीको प्रतिस्पर्धाको रोग यहाँ पनि दोहोरिने सम्भावना छ,’ एक जना प्रतिनिधिले भने, ‘तर,पार्टी मुख्यालय च्यासलमा जम्मा भएका पार्टी पदाधिकारीहरु,विभिन्न तहका नेता र प्रतिनिधिसँग ओइरिएका अन्य कार्यकर्ताको भीड भने हेर्नलाई रमाइलै लागेको छ ।’
उनका अनुसार प्रदेश अधिवेशन नजिकिँदै जाँदा मुख्यालय, च्यासलमा प्रायः वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्का उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र उपमहासचिव प्रदीप ज्ञवालीहरुको ओहोरदोहोर बाक्लिएको छ ।
टिप्पणीहरू