काठमाडौंका भित्री भागमा तीन दिन सवारी अवागमन बन्द

काठमाडौंका भित्री भागमा तीन दिन सवारी अवागमन बन्द

काठमाडौं महानगरपालिकाले आगामी तीन दिन शहरका भित्री भागमा सवारी आवागमन निषेध गरेको छ । काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक महत्वको ईन्द्रजात्राको अवसरमा प्रयोग हुने मार्गमा महानगरपालिकाले सवारी निषेध गरेको जनाएको छ ।

महानगरपालिकाका अनुसार असोज ११ गते वसन्तपुर–मरु–चिंकमुगल–जैसीदेवल–लगन–ब्रह्मटोल–ह्युमत–कोहिटी–भीमसेनस्थान–मरु हुँदै वसन्तपुरसम्म क्वने याः रथयात्रा हुनेछ । असोज १२ गते वसन्तपुर–प्याफल–यट्खा–नरदेवी–टेंगल–न्ह्योखा–न्हेकतला–असन–मच्छिन्द्रबहाल–इन्द्रचोक–मखन–हनुमानढोकादेखि वसन्तपुरसम्म रथयात्रा हुने भएकाले सो क्षेत्रमा सवारी आवागमन बन्द हुने जानकारी दिएको छ । 

असोज १५ गते महिलाहरुले रथ तान्नेछन् । सो दिन वसन्तपुर–प्याफल–यट्खा–नरदेवी–किलाघ–भेडासिं–इन्द्रचोक–मखन हुँदै वसन्तपुरसम्म रथ तानिनेछ । 

महानगरपालिकाले ईन्द्रजात्रामा तोकिएका स्थानमा सवारी साधन प्रवेश नगराउन, वैकल्पिक मार्गको प्रयोग गर्न वा पैदल यात्राबाट गन्तव्य तय गर्न आग्रह गरेको हो ।

टिप्पणीहरू