एमाले बागमती अधिवेशनमा आज उम्मेदवारी, भोलि मतदान

एमाले बागमती अधिवेशनमा आज उम्मेदवारी, भोलि मतदान

अस्तिदेखि शुरु एमाले बागमती प्रदेश अधिवेशनमा नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा उद्घाटित अधिवेशनको मतदानस्थल पार्टी मुख्यालय, च्यालसमा तोकिएको छ ।

निर्वाचन कमिटीले हिजो एक हजार एक सय ७४ जना मतदाता नामावली प्रकाशित गरेको छ । उक्त नामावलीमा आज बिहान ८ बजेदेखि दाबी विरोधको समय छुट््याइएको छ भने साढे ९ बजे मतदाताको अन्तिम नामावली प्रकाशित हुने छ । 

बिहान साढे ९ बजेदेखि ११ बजेसम्म उम्मेदवारी दर्ता, उम्मेदवारी फिर्ता दिउँसो २ बजेदेखि दिउँसो ४ बजेसम्म र उम्मेदवारको अन्तिम नामावली साँझ ५ बजे प्रकाशित गर्ने उल्लेख छ ।

मतदान भोलि बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म र ३ बजेपछि मतगणना हुने बताइएको छ ।

टिप्पणीहरू