आफ्नो मान्छे भए सातखत माफ !

आफ्नो मान्छे भए सातखत माफ !
सुन्नुहोस्

माओवादीबाट आएका टोपबहादुर रायमाझी र रामबहादुर थापादेखि नक्कली डाक्टर सुनिल शर्मासम्मलाई संरक्षण दिने नेताले आफूनिकट कर्मचारी घुसखोरी र राजश्व हिनामिनामा मुछिए केसम्म गर्लान् ? 

यस्तै एक जनालाई जोगाउन रसुवा एमालेका नेताहरूलाई भ्याइ नभ्याइ छ । सरकारी राजश्व आफ्नै खातामा दाखिला गर्नेदेखि जनप्रतिनिधिको हस्ताक्षर कीर्ते गर्दै आएका वडा सचिव वाङदी तामाङलाई बचाउन गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु लागिपरेको आरोप केही वडा अध्यक्षले लगाएका छन् । 

यस्तो धन्दामा संलग्न वाङ्दी सदरमुकाम धुञ्चेसँगै रहेको गोसाइँँकुण्ड गाउँपालिका–२ का वडासचिव हुन् । उनले पछिल्लो महिनामै मात्र नक्कली रसिद काटेर २ लाख ६४ हजार रकम आफ्नो व्यक्तिगत खातामा दाखिला गराएको प्रमाणसहित वडाध्यक्ष छिरिङ नोर्के तामाङ थिए । भदौ २६ गते सिडिओ कार्यालयमा पुगेका थिए । उनले जग्गा बिक्री, नामसारी र अन्य कामबापतको राजश्वमा नक्कली रसिद दिँदै रकम आफ्नो खातामा जम्मा गर्ने गरेका थिए ।

 

सोही दिन अध्यक्ष तामाङले प्रहरीमा समेत कीर्तेको उजुरी दिएका छन् । गत साउन २४ गते (चलानी नम्बर ३९१) आफ्नो नाममा दर्ता श्रेस्ता भएको टिमुरे वडा नम्बर ८ र कित्ता नम्बर १२९ मा क्षेत्रफल १–१२–२–० को जग्गा राजीनामा पास गराउँदा अध्यक्षको कीर्ते हस्ताक्षर गरी मालपोतमा सिफारिस गरेको भेटिएसँगै उनीविरुद्ध उजुरी जिल्ला प्रहरी कार्यालयमा दिएको भए पनि कुनै कारवाही नभएको गुनासो पोख्छन् वडाध्यक्ष तामाङ । 

दुई साताअघि पालिकामा तानिएका सचिव मंगलबारबाटै कार्यालयमा हाजिर हुन लागेको प्रमुख प्रशासकीय अधिकृत दुतेन्द्र चाम्लिङले जनआस्थालाई जानकारी दिएका छन् । प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीका अनुसार यस प्रकरणमा सहायक प्रजिअ लोकेन्द्र ज्ञवालीको संयोजकत्वमा दुई सदस्यीय छानबिन समिति बनेको छ । वाङ्दी दुई दशकदेखि सोही वडामा सचिव छन् । यस्ता भ्रष्ट कर्मचारीलाई जोगाउन अहिले रसुवा एमालेका नेताहरूलाई भ्याइ नभ्याइ भएको बताइन्छ । 

 

टिप्पणीहरू