बंगलादेशको कृषि हेर्न डा. आरजूको टोली ढाकामा

बंगलादेशको कृषि हेर्न डा. आरजूको टोली ढाकामा

नेपाली सांसदहरुको टोली बंगलादेशले कृषिमा गरेको विकास अवलोकनमा गएको छ । संघीय संसदको कृषि समितिकी सभापति तथा नेपाली काँग्रेस सभासद् डा. आरजू राणाको नेतृत्वमा संसदीय टोली आज दिउँसो साढे १ बजे त्यसतर्फ गएको बताइएको छ । 

१० जनाको टोली विमान बंगलादेशको उडान नम्बर बीजी ३७२ मा काठमाडौंबाट ढाका पुगेको छ । टोलीमा सांसद प्रकाश पन्थ, अनिसा नेपाली, विनिता कडायत, अम्बरबहादुर थापा, सिंगबहादुर विश्वकर्मा, सूर्यकुमारी श्रेष्ठ, रुपा सोशी चौधरी र शारदादेवी भट्ट छन् । 

त्यसैगरी संसद सचिवालयका उपसचिव शिवदत्त बराल पनि टोलीमा सँगै बंगलादेश गएका हुन् ।
 

टिप्पणीहरू