एसियाड क्रिकेटमा नेपाल पराजित

एसियाड क्रिकेटमा नेपाल पराजित

चीनको हाङ्चौमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतसँग नेपाल २३ रनले पराजित भएको छ । हारसँगै नेपाल पुरुष क्रिकेटको क्वार्टरफाइनलबाट बाहिरिएको छ ।

भारतीय टिमले २०३ रनको लक्ष्य प्रस्तुत गरेकोमा नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १७९ रन बनाएको थियो । भारतका लागि आवेश खान र रवि विष्णोईले समान तीन÷तीन विकेट लिएका थिए ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरी ३२ रन बनाए । सन्दीप जोरा र कुशल मल्लले समान २९ रन बनाएका थिए भने कुशल भुर्तेल २८ र आसिफ शेख १० रन बनाएर आउट भएका हुन् । 

यसअघि टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०२ रन बनाएको थियो । नेपाल समूह चरणमा मंगोलिया र माल्दिभ्सलाई हराउँदै अन्तिम आठमा पुगेको थियो । भारत सोझै क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

टिप्पणीहरू