भूकम्पको क्षतिको विवरण आउन थाल्यो : बझाङमा ६ जना घाइते, भागदौडमा विद्यार्थीहरु बेहोस

भूकम्पको क्षतिको विवरण आउन थाल्यो : बझाङमा ६ जना घाइते, भागदौडमा विद्यार्थीहरु बेहोस
सुन्नुहोस्

आज दिउँसो गएको भूकम्पमा बझाङमा छ जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालयका अनुसार सत्यवादी मावि भोपुरका चार विद्यार्थीसहित केदार स्युँ र खप्तडछान्ना गाउँपालिकाका एक–एक जना घाइते भएका हुन् । उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका निरीक्षक दिपेश चौधरीले जानकारी दिए । 

भूकम्पपछि थलारा मावि खोलीमा अध्ययनरत विद्यार्थीहरू भागदौड गर्ने क्रममा बेहोस भएको स्थनीयले बताएका छन् । त्यस्तै, एउटा बाख्रो मरेको जानकारी गराइएको छ । 

भूकम्पका कारण पहिरो खस्दा जयपृथ्वी राजमार्ग ठाउँ–ठाउँमा अवरुद्ध हुँदा सवारी आवागमन प्रभावित भएको छ । थप क्षतीको विवरण आउन अझै बाँकी रहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू