एमाले अधिवेशन : पोखरामा मतदान, काठमाडौंमा शपथ ग्रहण
नेकपा एमालेको गण्डकी प्रदेश अधिवेशनमा नयाँ नेतृत्वका लागि मतदान हुन लागेको छ । बिहान ८ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय दिइए पनि सहमति नभएपछि निर्वाचन हुन लागेको हो ।
पार्टी नेतृत्वले गुटगत निर्वाचनमा नजान चेतावनी दिएको छ । तर दुई समूहबीच चर्को प्रतिस्पर्धा हुँदैछ । उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी समिति सदस्य खगराज अधिकारीबीच देखिनेगरी समूहगत प्रधिस्पर्धा भएको बताइन्छ ।
प्रदेश अध्यक्षमा वर्तमान अध्यक्ष नवराज शर्मा र केन्द्रीय सदस्य मायानाथ अधिकारी प्यानलसहित होमिएका छन् । शर्मा उपमहासचिव गुरुङ र मायानाथ खगराज अधिकारी निकट हुन् ।
हिजोसम्म २७ जना सदस्य निर्विरोध निर्वाचित भए पनि आज विद्युतीय भोटिङ मेसिनबाट मतदानको तयारी गरिएको छ ।
यता बागमती प्रदेश कमिटीका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको आज शपथ ग्रहण हुँदैछ । बिहान साढे ११ बजे पार्टी मुख्यालय च्यासल, ललितपुरमा शपथग्रहण कार्यक्रम राखिएको छ ।
टिप्पणीहरू