एमाले लुम्बिनीका नेता दलबलसहित माओवादीमा मिसिए

एमाले लुम्बिनीका नेता दलबलसहित माओवादीमा मिसिए
सुन्नुहोस्

नेकपा एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य शान्तिदेवी हरिजनसहितका नेता-कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । 

आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनीहरुले माओवादीमा मिसिएको घोषणा गरेका हुन् । प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नवप्रवेशीहरुलाई अबिर  र खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो  ।  


 
माओवादीमा मिसिनेहरुमा हरिजनसहित एमाले लुम्बिनी प्रदेश सदस्य रामविलास यादव, कपिलवस्तु जिल्ला सदस्य सन्दिप मौरिया, अधिकारकर्मी एवं प्राध्यापक सञ्जयकुमार पासीलगायत छन् । 

हरिजन २०७० सालको संविधानसभा सदस्य र यादव एमाले निकट किसान महासङ्घका केन्द्रीय सदस्य हुन् । उनीहरुलाई पार्टीमा स्वागत गर्दै प्रधानमन्त्री प्रचण्डले मुलुकमा अस्थिरता निम्त्याउने शक्ति सल्बलाइरहेकाले उत्पीडित समुदाय  एक हुनुपर्ने बताउनुभयो ।

 

टिप्पणीहरू