राजदूत क्षेत्रीद्वारा पुग्नासाथ ओहोदाको प्रमाणपत्र पेश
संयुक्त अरब इमिरेट्स (युएई) का लागि नेपालका निवनियुक्त राजदूत तेजबहादुर क्षेत्रीले युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाहयानसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ ।
उहाँले राष्ट्रपति भवनमा हिजो आयोजित विशेष समारोहवीच प्रमाणपत्र पेश गर्नुभएको हो ।प्रमाणपत्र प्रस्तुत गरेपछिको शिष्टाचार भेटमा राजदूत क्षेत्रीले दुई मुलुकबीच कायम रहेको सुमधुर कूटनीतिक सम्बन्धवारे चर्चा गर्नुभएको बताइएको छ ।

राष्ट्रपतिले क्षेत्रीको कार्यकाल सफलताको कामना गर्दै राष्ट्रपति रामचन्द्र पौडेलको सुख,सुस्वास्थ्यका साथै नेपाल र नेपालीको शान्ति एवम् प्रगतिको कामना गर्नुभएको अबुधावीस्थित नेपाली दूतावासले जनाएको छ ।
राजदूत क्षेत्री कार्यभार सम्हाल्न असोज ११ गते अबुधाबी पुग्नुभएको थियो ।

टिप्पणीहरू