एसियाड खेलेर फर्किएको क्रिकेट टोलीलाई बाजा बजाएर स्वागत

एसियाड खेलेर फर्किएको क्रिकेट टोलीलाई बाजा बजाएर स्वागत
सुन्नुहोस्

चीनको हाङझाओमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी नेपाली  पुरुष क्रिकेट टोली स्वदेश फकिएको छ । 

आज बिहान साढे ११ बजे क्रिकेट टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो । क्वाटरफाइनलबाटै बाहिरिए पनि उत्कृष्ट प्रदर्शन गरेर फर्किएका खेलाडीहरुलाई नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीले विमानस्थलमा भव्य स्वागत गरेका थिए । 

त्यस्तै, नेपाल प्रहरीले खेलाडीको स्वागत तथा सम्मानका लागि बाजागाजाको व्यवस्था गरेको थियो । क्वार्टरफाइनलमा नेपाल बलियो टोली भारतसँग २३ रनले पराजित भएको थियो । सो हारसँगै एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालको यात्रा समाप्त भएको हो । तथापि बलियो टोली भारतविरुद्ध १७९ रन बनाएको नेपाली टिमको चौतर्फी प्रशंसा भैरहेको छ ।  

समूह चरणमा मंगोलिया र माल्दिभ्सलाई हराएर क्वाटरफाइनल पुगेको टोलीका खेलाडीहरुले विभिन्न विश्वरेकर्ड बनाएका थिए ।

टिप्पणीहरू