जनमतको कारवाहीमा परेका कुशवाह एमालेमा छिरे

जनमतको कारवाहीमा परेका कुशवाह एमालेमा छिरे

माओवादी केन्द्र छोडेर जनमत पार्टीबाट उपचुनाव लडेका शिवचन्द्र कुशवाह एमाले प्रवेश गरेका छन् । आज एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट सिन्दुर र खादा लगाएर उनी सो पार्टीमा मिसिएका हुन् । 
 
गत १० वैशाखमा भएको प्रतिनिधिसभाको उपनिर्वाचनमा उनी जनमत पार्टीबाट बारा-२ मा उम्मेदवार बनेका थिए । पाँच दलीय गठबन्धनमा सो क्षेत्र उपेन्द्र यादवको भागमा परेपछि माओवादीबाट टिकट नपाएका कुशवाह चुनावको केही दिनअघि जनमत प्रवेश गरेका थिए । तर, उनी पराजित भए । 

चुनावलगत्तै उनलाई जनमत पार्टीले अनुशासनको कारवाही गरेको थियो । त्यसयता निस्क्रिय रहेका उनी आज च्यासलस्थित केन्द्रीय कार्यालय पुगेर एमाले छिरेका हुन् ।

टिप्पणीहरू