कोशीका मुख्यमन्त्रीद्वारा प्रदेश सभामा राजीनामा घोषणा
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पदबाट राजीनामा दिएका छन् । उनले प्रदेश सभालाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
विश्वासको मत लिने प्रयोजनका लागि आज बैठक बोलाइएको हो । तर विश्वासको मत लिनु अगाडि उनले राजीनामा दिएको घोषणा गरेका हुन् ।
यसअघि एमाले प्रदेश संसदीय दलको बैठकमा उनले राजीनामा दिने निर्णय गरिएको थियो । अब कोशी प्रदेशमा संविधानको धारा १६८ उपधारा ५ बमोजिम नयाँ सरकार गठनको प्रयास हुने भएको छ ।
टिप्पणीहरू