ललितपुरका व्यापारीले मध्यराति नेता छाने
ललितपुर उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयन भएको छ । हिजो बिहानदेखि जावलाखेलस्थित प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा भएको निर्वाचन प्रक्रियाले मध्यराति विश्वराज बज्राचार्यको अध्यक्षतामा कार्यसमिति गठन गरेको हो ।
कूल मतदाता एक हजार छ सय १७ जनामध्ये एक हजार चार सय ५७ जनाले मतदान गरेका थिए । मतगणना मंगलबजारस्थित उद्योग वाणिज्य संघको भवनमा गरिएको थियो । मध्यरातको अन्तिम परिणामअनुसार
अध्यक्षमा बज्राचार्यले ६५५ मत प्राप्त गरेका छन् ।
वरिष्ठ उपाध्यक्षमा सुसन महर्जनले ७४८, उपाध्यक्षमा आपुलाल अवाले ७२८,उपाध्यक्षमा सुनिल शाक्य ७७४ र संस्थागत उपाध्यक्षमा रमेश सिंह महर्जनले ७३० मत प्राप्त गरेर विजयी भएको जानकारी दिइएको छ ।
त्यसैगरी महासचिवमा भूमिनन्दन कर्माचार्यले ८६ मत, कोषाध्यक्षमा राजु महर्जनले ७१९ मत पाएका छन् भने सदस्यहरुमा अनिल महर्जन, गुणकेशरी ताम्राकार, प्रवीण ताम्राकार, प्रवीण बज्राचार्य, सजना श्रेष्ठ, सुदिक्षा डंगोल विजयी भएका छन् ।
प्राप्त नतिजाअनुसार प्रमेशराज बज्राचार्य, प्रशमराज बज्राचार्य, विक्रम बज्राचार्य, महेश्वरलाल खोसीँ,राकेशराज बज्राचार्य, विमला शाक्य, उर्मिला श्रेष्ठ जोशी, सुजन बज्राचार्य, पूर्णबहादुर महर्जन पनि नयाँ कार्यसमिति सदस्यमा चुनिएका छन् । एसोसियटतर्फबाट कार्यसमिति सदस्यमा रवि महर्जन निर्विरोध निर्वाचित भएका छन् ।
टिप्पणीहरू