अधिवेशन उद्घाटन गर्न एमाले अध्यक्ष धनगढीमा
नेकपा एमाले सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन धनगढीमा सुरु हुन लागेको छ । आज र भोलि हुने भनिएको अधिवेशन उद्घाटनको निम्ति एमाले अध्यक्ष केपी शर्मा ओली काठमाडौंबाट धनगढी पुग्नुभएको छ ।
अधिवेशन उद्घाटन बिहान ११ बजे स्थानीय सौँराई पार्टी प्यालेसमा हुने बताइएको छ ।अध्यक्ष ओली बिहान ९ बजे बुद्ध एअरको नियमित उडानमा त्यसतर्फ जानुभएको हो । उहाँसँगै राजेश बज्राचार्य, दिनेश भण्डारी, विशाल सापकोटा, सुशिल दंगाल र उमेश थापा पनि सँगै धनगढी पुगेका छन् ।
प्रदेश समिति अध्यक्षमा कमल तिमिल्सेना, कृष्णप्रसाद जैसी र बच्चनबहादुर सिंहको नाम चर्चामा ल्याइएको छ । अधिवेशनमा सहभागी ६ सय ७५ प्रतिनिधिले पदाधिकारीसहित एक सय ५५ सदस्यीय नयाँ नेतृत्व चयन गर्ने छन् ।
यसअघि सम्पन्न भएका एमालेका लुम्बिनी, कोशी, बागमती र गण्डकी अधिवेशनमा सहमति हुन नसकेपछि निर्वाचन भएको थियो ।
टिप्पणीहरू