प्रधानमन्त्री अकस्मात किन पुग्नुभयो भान्जाको अपार्टमेन्ट ?

प्रधानमन्त्री अकस्मात किन पुग्नुभयो भान्जाको अपार्टमेन्ट ?

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज बिहान ललितपुरको हात्तिवन पुग्नुभएको छ । उहाँ बिहान ११ बजेतिर बालुवाटारबाट त्यहाँ जानुभएको बताइएको छ ।

उहाँ प्रधानमन्त्री हुनुअघि प्रायः गइरहने उक्त हाउजिङमा लामो समयपछि आज पुग्नुभएको हो । भाञ्जा गोकुल भण्डारीको निवासमा पुगेर उहाँ केही बेरमै बाहिरिनुभएको थियो ।

यसअघि विभिन्न राजनीतिक उतारचढावको क्रममा एमाले अध्यक्ष केपी शर्मा ओली,माधवकुमार नेपाललगायतसँग विशेष घेटघाटको निम्ति उहाँले उक्त निवास प्रयोग गर्नुभएको थियो ।
 

टिप्पणीहरू