तलव खुवान नसकेपछि वीरका कर्मचारी निकाल्नुपरेको हो : स्वास्थ्य मन्त्री

तलव खुवान नसकेपछि वीरका कर्मचारी निकाल्नुपरेको हो : स्वास्थ्य मन्त्री
सुन्नुहोस्

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले तलब खुवाउन नसकेपछि वीर अस्पतालमा कार्यरत करारका कर्मचारीलाई हटाइएको जानकारी दिएका छन् । 

विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले तलब खुवाउन नसकेपछि कोभिड प्रयोजनमा नियुक्त गरिएका कर्मचारीलाई हटाउनु परेको प्रष्टिकरण दिएका हुन् । 

मन्त्री बस्नेतको निर्देशनमा स्वास्थ्य मन्त्रालयले वीरमा कार्यरत २७६ जना करारका कर्मचारीलाई सेवाबाट हटाएको थियो । देशको आर्थिक अवस्था विकराल रहेको र तलब खुवाउन सक्ने अवस्थासमेत नभएपछि उनीहरुलाई हटाउन बाध्य भएको मन्त्री बस्नेतको भनाइ छ । 

उनले छिट्टै नयाँ भर्नाको प्रकृया वा दरबन्दी सृजना गर्ने पनि बताएका छन् ।

टिप्पणीहरू