कोशीको मुख्यमन्त्रीमा दुई जनाको दाबी पेश
कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले दाबी गरेका छन् ।
माओवादीसहित नेपाली काँग्रेस, एकीकृत समाजवादी र जसपाको समर्थनमा उनले केहीबेर अघि प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । आङ्बोले पेश गरेको दाबीमा काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा संसदीय दलको तफर्बाट हस्ताक्षर गरिएको छ ।
यता, काँग्रेसका नेता केदार कार्कीले पनि मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । काँग्रेसका ८ र एमालेका ३९ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित उनले दाबी प्रस्तुत गरेका हुन् ।
टिप्पणीहरू