गोकर्ण रिसोर्टको एमाले भेलामा विदेशी पाहुना

गोकर्ण रिसोर्टको एमाले भेलामा विदेशी पाहुना

एमालेले एशियाली राजनीतिक दलहरुको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप) आयोजना गर्न लागेको छ । आज गोकर्ण रिसोर्टमा आइक्यापको ४० औं स्थायी कमिटी र एसिया युरोप पोलिटिकल फोरमको पाँचौ बैठक राखिएको एमालेले जनाएको छ ।

कार्यक्रममा सहभागी हुन हिजो बंगलादेश र कम्बोडियाबाट सिनेटरहरु आइपुगेका छन् । बंगलादेशका राना एम सोहिल र सिरिन एस लिरा हिजो बेलुकी विमान बंगलादेशको उडानमा ढाकाबाट काठमाडौं आइपुगेका थिए ।

त्यसैगरी सिंगापुर हुँदै कम्बोडियाका सिनेटर पूर्व मेजर जनरल सुओस यारा र कम्बोडियाकै सिनेटर एङ कोथे मलेसिया हुँदै हिजो आइपुगेको बुझिएको छ ।

टिप्पणीहरू