कोशीको मुख्यमन्त्रीबारे छलफल गर्न काँग्रेसको आकस्मिक बैठक
कोशी प्रदेश सरकार गठनको विषयमाथि छलफल गर्न नेपाली काँग्रेसले पदाधिकारी बैठक बोलाएको छ । काँग्रेसले आकस्मिक रुपमा अनौपचारिक छलफलको निम्ति पदाधिकारी बैठक डाकेको हो ।
मुख्यमन्त्रीमा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो र काँग्रेसकै शेखर कोइराला समूहबाट एमालेको समर्थनमा केदार कार्कीले दाबी गरेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न काँग्रेस नेताहरुले अनौपचारिक बैठक बोलाएका हुन् ।
यसैबीच काँग्रेस कोशी प्रदेश कार्यसम्पादन समितिको बैठक पनि विराटनगरमा बस्दैछ ।
टिप्पणीहरू