त्रिकोणात्मक सिरिज खेल्ने क्रिकेट टोली छानियो

त्रिकोणात्मक सिरिज खेल्ने क्रिकेट टोली छानियो

नेपाल क्रिकेट संघ (क्यान) ले त्रिकोणात्मक टी–२० सिरिज खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । क्यानले आज १८ सदस्यीय टोलीको नाम सार्वजनिक गरेको छ । टोलीमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल छन् । 

त्यस्तै, आशिष शेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र ऐरी, सुन्दिप जोरा, सोमपाल कामी, करन केसी, प्रतिश जिसी, ललित राजवंशी, अभिनाश बोहोरा, विवेक यादव, सागर ढकाल, विनोद भण्डारी, लोकेश बम, सूर्य तामाङ्ग, मौसम ढकाल (श्याम) पनि परेका छन् । 

घरेलु मैदान मूलपानी इन्टरनेशनल क्रिकेट ग्राउण्डमा हुन लागेको खेलमा नेपाल, हङकङ र युएई भिड्नेछन् । नेपालले पर्सि युएईसँग खेलेर सिरिजको सुरुवात गर्नेछ । 

भोलिपल्ट नेपाल र हङकङबीच खेल हुनेछ । त्यसैगरी, आगामी शनिबार नेपालले हङकङसँग दोस्रो खेल खेल्नेछ । आगामी सोमबार नेपाल र युएईबीच खेल हुनेछ । फाइनल खेल कात्तिक १० गते शुक्रबार हुनेछ । 

आईसीसी टी–२० विश्वकप एसिया छनौटको तयारीस्वरुप क्यानले यो सिरिज गर्न लागेको हो ।

टिप्पणीहरू