उपप्रधानमन्त्री नारायणकाजीको मुटुमा समस्या, चिनियाँ चिकित्सकहरु उपचारमा संलग्न

उपप्रधानमन्त्री नारायणकाजीको मुटुमा समस्या, चिनियाँ चिकित्सकहरु उपचारमा संलग्न
सुन्नुहोस्

चीन भ्रमणमा रहनुभएका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयाघात भएको छ । उहाँलाई हिजो दिउँसोदेखि नै मुटुमा असहज भएकाले साँझ पेकिङ युनियन मेडिकल कलेजमा भर्ना गरिएको हो ।

उहाँलाई माइल्ड हर्ट अट्याक भएको बताइएको छ । उपप्रधानमन्त्री बीआरआईको कार्यक्रममा सहभागी हुने क्रममा बेइजिङमा हुनुहुन्छ । उहाँको मुटुको एकतर्फीको भल्भमा समस्या देखिएपछि आईसीयुमा भर्ना गरिएको छ ।

असोज २९ गते तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल को–अपरेसन (बीआरआई) मा सहभागी हुन बेइजिङ जानुभएका उहाँ भोलि स्वदेश फर्कने कार्यक्रम थियो ।
 

टिप्पणीहरू