चाडबाडमा अस्वस्थ नहुन बिरामीको सल्लाह, निजी अस्पताल बिजोग हालतमा

चाडबाडमा अस्वस्थ नहुन बिरामीको सल्लाह, निजी अस्पताल बिजोग हालतमा
सुन्नुहोस्

दशैं बिदामा बिरामी परेर अस्पताल गएकी एउटी बिरामीले चाडबाड र लामो बिदामा अस्वस्थ नहुन सर्वसाधारणलाई सल्लाह दिएकी छन् । हुनतः बिरामी हुने वा नहुने भन्ने अवस्था सामान्यतयाः मानिसको काबुभन्दा बाहिरको परिस्थिति हो ।

काठमाडौंको बालुवाटार निवासी एक महिलाले पछिल्लो चार दिनदेखि अस्वस्थ भएपछि आज कमलपोखरीको हिमाल अस्पताल पुगेर जँचाए पनि पूर्ण र विश्वासिलो उपचार नपाएको उल्लेख गरेकी छन् । मुटुरोगको आशंकामा अस्पताल पुगिएको तर, परीक्षणको रिपोर्टहरु भोलि र पर्सि मात्रै प्राप्त हुने भनेपछि बिरामी रिसले आगो बनेको प्रष्ट हुन्छ । 

‘पछिल्लो चार पाँच दिनदेखि छाति दुखेपछि अस्पतालको इमर्जेन्सीमा पुगेर इसिजी, इको र एक्सरे जँचाउने निधो गरेँ,’ उनले अगाडि लेखेकी छन्, ‘इसिजीको रिपोर्ट आजै प्राप्त भयो तर एक्सरेको भोलि र इकोको रिपोर्ट पर्सि प्राप्त हुने भनिएको छ । यसबाट लामो बिदाको समयमा बिरामी नहुन आग्रह गर्दछु ।’

टिप्पणीहरू