राष्ट्रिय सभाको बैठक डाकियो
राष्ट्रिय सभाको बैठक आगामी मंगलबार डाकिएको छ । राष्ट्रिय सभाका सचिव डा.सुरेन्द्र अर्यालका अनुसार कात्तिक १४ गते मंगलबार अपरान्ह ४ बजेर ४६ मिनेटमा बैठक बस्ने छ ।
गत असोज २९ गतेको सूचनाबाट स्थगित राष्ट्रिय सभाको बैठक राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (१) बमोजिम अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले आगामी मंगलबार बस्ने गरी निर्धारण गर्नुभएको जानकारी दिइएको छ ।
टिप्पणीहरू